नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा शिवम् सिमेन्ट लिमिटेडकाे कारोबार सबैभन्दा धेरै

Jhalkonepal

काठमाडौं , फागुन २९

नेप्से परिसूचकमा आज उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको हाे । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको हाे ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ३७ करोड १९ लाख ३३ हजार सात सय ८६ बराबरको छ लाख ७३ हजार सात सय छ कित्ता किनबेच भएको छ ।

विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय ९७ कित्ता शेयर ८२ हजार सात सय ४६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ४४, लघुवित्त समूह पाँच दशमलव ०५ र होटल तथा पर्यटन समूह तीन दशमलव ९३ प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव १०, विकास बैंक दुई दशमलव १७, वित्त समूह दुई दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी समूह एक दशमलव ८७ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड एक दशमलव ५५, निर्जीवन बीमा तीन दशमलव १५, व्यापार एक दशमलव ६९ र अन्य समूह एक दशमलव ६४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया