काठमाडौं ,साउन १६
शेयर बजारले ऐतिहासिक रेकर्ड
बनाएको छ ।आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा
नयाँ रेकर्ड बनेको हो ।
यसअघि २०७८ साल साउन ३१ गते २१
अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज हिमालयन
रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ
।
कारोबार रकमले रेकर्ड बनाएको दिन
शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९०
विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर
उच्च अङ्कले उकालो लागेको छ।
१५ साउन २०८१, बुधबार ०३:५३ मा प्रकाशित