ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिँदै

Jhalkonepal

काठमाण्डाै, माघ ७
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।
शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन् । शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी ‍जुलुस निकालेका छन्।
विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन्।
ट्रम्पको शपथ ग्रहण अमेरिकी संसद भवन 'क्यापिटल' मा हुनेछ । वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका हुन्। सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो। वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा लिन लागिएको हो।
साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन्।
गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए।
 

प्रतिक्रिया