सहकारी ठगीबारे संसदीय समितिले गर्‍यो प्रधानमन्त्रीसँग छलफल

Jhalkonepal

काठमाडौं, भदाै २९

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ ।

समितिले प्रधानमन्त्री ओलीसँग शनिवार साँझ सिंहदरबारस्थित संसद सचिवालयमा छलफल गरेको हो ।

अन्तिम प्रतिवेदन तयार गर्नुअघि समितिले प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो ।

शुक्रवार समितिले गृहमन्त्रीसहित गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग पनि छलफल गरेको थियो ।

तीन महिना म्याद सकिएपछि भदौ २३ बाट समितिलाई १५ दिनको म्याद थपिएको थियो । समितिले असोजको पहिलो साता संसद्लाई प्रतिवेदन बुझाउने छ ।

समितिले देशभरका २९ वटा सहकारीका अपचलनका विषयमा छानबिन गरिरहेको छ ।

 

प्रतिक्रिया