काठमाडाैं , फागुन १४
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।भजन शिरोमणि आचार्य लामो समययता बिरामी हुनुहुन्थ्याे । उहाँ भजन शिरोमणिको उपाधिबाट समेत चिनिनुहुन्छ । उहाँ विगत ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहनुभएकाे थियाे ।
आचार्यका जति चोट दिन्छौ देउ मायालु , जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, , हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत कर्ण प्रिय छन् ।
आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने उहाँकाे पारिपारीक श्नाेतले बताएकाे छ ।
१३ फाल्गुण २०८०, सोमबार ०६:१० मा प्रकाशित