आज विश्व रेडियो दिवस विश्वभर मनाइँदै

Jhalkonepal

काठमाडौं, फागुन १

आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस मनाइदैँछ । विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । 
सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौँमा रेडियोको प्रशारण सुरू गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो।
एफएम रेडियोको प्रशारण भने २०५२ सालपछि सुरू भएको हो। विश्वमा भने व्यवसायिक रेडियो प्रशारण सुरू भएको करिब एक शताब्दी नै बितिसकेको छ।
 

प्रतिक्रिया