क्यानले गर्याे नेपाली टिमले लगाउने जर्सी सार्वजनिक

Jhalkonepal

काठमाण्डाैं चैत २६


 नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको छ ।

आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको हाे ।  

निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ । यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ ।

 

विश्वकप नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिकाश्रीलंकाबंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। 

 


प्रतिक्रिया