प्रधानमन्त्री आज स्वदेश फर्किँदै

Jhalkonepal

   काठमाडौँ, मङ्सिर १७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै हुनुहुन्छ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधबार संयुक्त अरब इमिरेट् दुबई जानुभएका प्रधानमन्त्री प्रचण्ड आज साँझ साढे ६ बजे स्वदेश फर्किन लागेको उहाको निजी सचिवालयले जनाएको छ।

सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी हुनुभएकाे थियाे ।

शनिबार उहाले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थियाे।

प्रधानमन्त्री विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको थियाे ।


प्रतिक्रिया