काठमाडाैं,जेठ ११
नेपाली बजारमा सुनको मूल्य घटेको छ।
गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले निरन्तरता पाएको हो।
मंगलबार प्रतितोला एक हजार दुई सय रूपैयाँ, बुधबार प्रतितोला एक सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला एक हजार आठ सय रूपैयाँ गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
१० जेठ २०८१, शुक्रबार ११:५७ मा प्रकाशित