काठमाण्डौ , जेठ ६
। आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।
गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रवार तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा झरेको थियो । शुक्रवारको भाउमा आज तोलामा एक हजार छ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एक सय १० रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ पुगेको छ ।
५ जेठ २०८१, आईतबार १२:०८ मा प्रकाशित