मौद्रिक नीति पछि शेयर मार्केटमा डबल सर्किट

Jhalkonepal

काठमाडौं, सावन १३

साताको पहिलो दिन शेयर बजारमा डबल सर्किट लागेको छ । गत शुक्रवार मौद्रिक नीति आएपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

दोस्रो सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ८।९ प्रतिशत बढेको छ । विकास बैंक ४, फाइनान्स २।३, होटल तथा पर्यटन १।८, हाइड्रोपावर ३, लगानी ४।८, जीवन बीमा ४।१, उत्पादन ४।३, माइक्रोफाइनान्स २।८, अन्य ३।७ तथा व्यापार समूह ७।२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया