सहकारी मुद्दामा आज जाहेरवालाको बहस हुँदै

Jhalkonepal

पोखरा, पौष १७

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा आज जाहेरवालाको तर्फबाट थुनछेक बहस हुँदैछ ।

बुधबार सरकारी वकिलको कार्यालयको तर्फबाट बहस सकिएपछि जाहेरवालाको तर्फबाट बहस सुरु हुन लागेको हो । जाहेरवालाको तर्फबाट अधिवक्ता युवराज पराजुलीलगायतले बहस गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, नेचर हब्र्स इन्टरनेशलनका सञ्चालक रामबहादुर खनाल, गीता पछाईं, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, पूर्वउपाध्यक्ष मिना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकाएर मंगलबारबाट थुनछेक बहस सुरु भएको हो ।

बिहीबार जाहेरवालाकोतर्फबाट बहस सकिएपछि गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्वडिआईजी छविलालको बहस सुरु हुने सम्भावना छ । जोशीका तर्फबाट ६ जना अधिवक्ताले बहस गर्नेछन् ।

रविको तर्फबाट हाललाई ८ जनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता शुसिल पन्त, डा।नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, सुरेन्द्र थापा, अधिवक्ता डा। नारायण कँडेल, सुरज बस्नेत, राजेन्द्र सेढाईंले बहस गर्नेछन् । रविको तर्फबाट बहस गर्ने अधिवक्ताको संख्या थपघट हुनेछ । लिला पछाईंको एक जनाले र अरु प्रतिवादीका दुईरदुई जनाले बहस गर्नेछन् ।

प्रतिक्रिया