काठमाडाैं, जेठ २९
प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि बढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
आजबाट विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ।
आजको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनेर खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
२८ जेठ २०८१, मङ्गलबार ०६:३३ मा प्रकाशित