काठमाडौँ : स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ ।
११ जेठ २०८३, मङ्गलबार ०१:११ मा प्रकाशित