गाजामा इजरायली हवाई आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु

Jhalkonepal

काठमाण्डाै, भदाै २९

शनिवार बिहान गाजा शहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ । 

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान उक्त सहरको एउटा घरमा गरिएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको जनाएको हो ।

 ‘पूर्वी गाजा शहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ,’ विभागकाका प्रवक्ता महमुद बस्सलले बताए ।

गाजा शहरको अल–तुफाहमा रहेको सुजैया विद्यालयनजिकै आक्रमण भएको उनले बताए । ‘उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्,’ बस्सलले भने ।  
आक्रमणबारे इजरायली सेनाले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको बताएका छन् ।उत्तरपश्चिमी गाजा शहरमा दार अल–अर्काम विद्यालयनजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।

त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ  ।

 

प्रतिक्रिया