रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमाको मृत्यु, नातिनी बेपत्ता

Jhalkonepal

रोल्पा, साउन १९

रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

सुनछहरी गाउँपालिका वडा नम्बर–४ कामी डाँडामा गएराति साढे नौ बजेतिर गएको पहिराले ६० वर्षकी बसुना सुनार र उहाँकी चार वर्षकी नातिनीलाई घरसँगै पुरेको थियो ।

खोजी गर्ने क्रममा बसुनाको शव भेटिएको र उहाँकी नातिनीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले जानकारी दिनुभयो । पहिरो जाँदा बसुनाका छोरा र बुहारी घर बाहिर रहेकाले जोगिएका छन् । 

प्रतिक्रिया