जिप दुर्घटना : ७ जना गम्भीर घाइते

Jhalkonepal

सुर्खेत, जेठ १०

कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप हाउडी खोलामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ ।

उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया