त्रिदेशीय टि-२० सिरिजकाे पहिलो खेलमा नेपाल र युएई खेल्दै

Jhalkonepal

  काठमाडौं, कार्तिक १

 त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ । सिरजमा नेपाल, युएई र हङकङबीच खेल हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्।

खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ। नेपालले पहिलोपटक घरेलु मैदानमा युएईसँग टि-२० खेल्दैछ।

 टि-२०मा हालसम्म भएका पाँच खेलमा युएईले ३ र नेपालले २ खेल जितेको छ। नेपालले सिरिजको अर्को खेल कात्तिक ३ गते  हङकङसँग खेल्नेछ।  




 


प्रतिक्रिया