नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री रवि लामिछाने

Jhalkonepal


 काठमाण्डाैं , बैशाख १

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै पनि सम्झौता नहुने बताएका छन् ।

 

शनिबार आज विहान नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका लामिछानेले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढंगबाट समाधान हुने बताएका छन् ।

 

'राष्ट्रसेवकहरूलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्,' उनले भने ।

 कर्मचारीहरू माथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिनै काम गर्ने वातावरण बनाइने गृहमन्त्रीको भनाइ छ ।


गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।


प्रतिक्रिया