काठमाण्डाैं
,
चैत ३०
सरकारले संसद्को हिउँदे
अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले
वैशाख २ गते आइतबार राति बाट अधिवेशन अन्त्य गर्ने निर्णय
गरेको हाे ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले
२०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष
सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा
शर्माले जानकारी दिइन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन
आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
२९ चैत २०८०, शुक्रबार ०३:२६ मा प्रकाशित