काठमाडौँ, मङ्सिर २३
प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार गृहजिल्ला झापा जाँदैछन्।
दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको १८ तले भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाने भएका हुन् ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।
सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए ।व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि आज नै उद्घाटन गर्ने कार्यक्रम छ ।
२२ मङ्सिर २०८१, आईतबार ०७:०७ मा प्रकाशित