काठमाण्डौ असार १८
रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको मृत्यु भएको छ । घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका परेवा छहरामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा ज्यान गएको र माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी र एक महिलाको उपचारकाे क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
१८ असार २०८१, मङ्गलबार ०७:०५ मा प्रकाशित