काठमाडौं, पुस २५
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका
पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान
विभागले जनाएको छ। तराईका अधिकांश
भू–भागमा आज हुस्सु र कुहिरो लागेको छ । बुधबारको जस्तै आज पनि पूर्वी तराईदेखि पश्चिम
तराईसम्मका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।
हुस्सु र कुहिरोले
सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौमस विज्ञान
विभागले जनाएको छ ।
विभागका अनुसार बिहीबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक
बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा
हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैबीच, काठमाडौंमा आज चिसो बढेको छ ।
बुधबारको तुलनामा काठमाडौंमा आज तापक्रम घटेको हो ।
मौसमविद्का अनुसार आज बिहान पौने ६
बजेको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९
पुग्ने पूर्वानुमान छ ।
हिजो बिहान पौने ६ बजे काठमाडौंको
न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।