काठमाडौं, असार २
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ ।
आज पनि तीन वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकाे छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
२ असार २०८१, आईतबार ०८:१३ मा प्रकाशित