पाँचथर बेलिब्रिज दुर्घटना अपडेट : मर्नेको संख्या तिन

Jhalkonepal

बिराटनगर, असार १

पाँचथरको हेंवा खोलामा निर्माणाधिन बेलिब्रिज खस्दा तीनजनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेहरुमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी,२७ वर्षीय राजन चौधरी र सोहि ठाँउका २२ वर्षी प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमूख (डिएसपी) कौशलकुमार बुडाथोकीले जानकारी दिए ।

उनका अनुसार तीनैजनालाई पाँचथरबाट रेफर गरेर बिराटनगर नोवल अस्पताल पठाइएको थियो । सोहि अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन ।

पुल खसे लगत्तै एकजनाको ज्यान गएको भनिएपनि चिकित्सक र प्रहरीले उक्त घट्नाको पुष्टि गरेको थिएन । शनिबार साँझ ६ बजे निर्माणाधिन बेलिब्रिज खसेको थियो ।

फिदिम नगरपालिका ४ तर्फ राखिएको बेशदेखि ढेल्दै पारिपट्टी हिलिहाङ गाउँपालिका ७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए ।

घाइते मध्ये २ को अवस्था गम्भिर छ भने २ जना सामान्य छन उनीहरु सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज बिराटनगर पु¥याइएको छ ।

घट्नामा बारा जिल्लाको सिमरा उपमहानगरपालिका १२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी ,३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन ।

मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा रहेको हेंवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि  पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।


प्रतिक्रिया