काठमाडौँ, असार १९
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागम मौसम
पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ
गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । साथै, सबै प्रदेशका थोरै स्थानमा भारी
वषाको पूर्वानुमान गरिएको छ । हिजाे दिनभर काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यम
वर्षा भएको छ ।
महाशाखाका अनुसार हिजाे काठमाडौँमा ३२ दशमलव ७ मिलिमिटर
वर्षा भएको छ । सबैभन्दा बढी जनकपुरमा एक सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै
धनगढीमा ९७, पोखरामा
९३ र भैरहवामा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
१९ असार २०८१, बुधबार ०७:०४ मा प्रकाशित