सुनसरीमा स्रोत नखुलेको एक करोड एक लाख बरामद

Jhalkonepal

सुनसरी , जेठ २० 

सुनसरीको हरिनगर गाँउपालिका ५ बाट शसस्त्र प्रहरीले एक करोड एक लाख नगद  सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा गए राती  घुस्की देखि हरिनगर तर्फ जाँदै गरेको वा १६ च ७६१३ नम्बर को कार लाई शङ्का लागेर चेकजाँच गर्दा कार भित्र झोलामा राखेको अवस्थामा नेपाली रुपैयाँ एक करोड एक लाख नगद सहित हरिनगर गाउँपालिका ५ का ३७ वर्षीय इशा अन्सारी बताउने ब्यक्ती नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर पोस्ट कप्तानगंजले जनाएको छ । नियन्त्रण लिइएका ब्याक्ती , कार र नगद राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रिया अघि बढाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल ४ नम्बर हेड क्वाटर गण सुनसरीका सह प्रवक्ता शैलेश थापाले बताउनु भयो । 

प्रतिक्रिया