काठमाडौं,चैत ६
सालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतनकी छात्रा
सालिनको मृत्यु भएपछि पक्राउ परेका
प्रधानाध्यापक बालहरि देवकोटा तीन लाख र सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र
होस्टल वार्डेन कमलप्रसाद शर्मा ५/५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
चितवन जिल्ला अदालतका न्यायाधीश
रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी
बुझाएर उनीहरु रिहा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सालिन फागुन १२ गते छात्राबासमा मृत भेटिएकी थिइन् ।
५ चैत २०८०, मङ्गलबार ०९:१६ मा प्रकाशित