काठमाण्डाै, पुस १२
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
भएको छ। बिहीबार राति घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय
आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो। सोही अस्पतालमा उनको गए राति निधन भएको
हो ।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामो समयदेखि
उपचार भइरहेको थियो। बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य
उपचारपछि राति ८ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो।
‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई
मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको
छ। सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए। सन्
१९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल
भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए।