काठमाडौं , फागुन २९
इस्लाम धर्मावलम्वीको महान् पर्व
रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु
दिनभर निराहार बस्ने गर्दछन् ।
बिहानको
नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।
रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ । रोजा बस्न
बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार
लिइन्छ । उर्दू पात्रो अनुसार हिजरी सम्बतको
रमजान नवौँ महिना हो । यहि महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास
गरिन्छ ।
दान गर्नु , गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो
विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।
उपवास इस्लामको पाँच प्रमुख
धार्मिक स्तम्भहरू मध्ये एक हो । बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हज मा विश्वास गरिन्छ । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।