काठमाण्डाै , चैत ३०
आज देखि ओमानमा एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।
आज एकैदिन चार वटा खेल हुँदैछन् । नेपालले आज पहिलो खेल बेलुका सवा ४ बजे मलेसियासँग खेल्दैछ । यो खेल
अल अमिरातमा हुनेछ ।
त्यसअघि बिहान पौने १२ बजे ओमान र
बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।
प्रतियाेगितामा नेपालले दाेस्राे
खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते साेमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणकाे
अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।
आज देखि प्रिमियर कप वैशाख ९
गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै
हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै
समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स
(यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया
कप खेल्न पाउनेछ ।
टी–२० फर्म्याटमा हुने
प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको
कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी, विवेक यादव, अविनास बोहरा, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।
खेल तालिका ः
