काठमाडौं, भदाै १२
मौसम पूर्वानुमान
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी
प्रदेशका पहाडी भूभागमा बुधबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको
सम्भावना छ।
महाशाखाका अनुसार, राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली
रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा
मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी
वर्षाको पनि सम्भावना छ।
११ भदौ २०८१, बुधबार ०६:२३ मा प्रकाशित