काठमाडाैं , असोज १
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएकाे छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु भएकाे भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन भएकाे हाे । यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।
भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/ आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।
३१ भदौ २०८१, मङ्गलबार १२:२५ मा प्रकाशित