पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा

Jhalkonepal

काठमाडाैं माघ २५

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेको छ।

 जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पूर्वडिआइजी जोशीको शंखमुलस्थित घरमा छापा मारेको हो।

साे घर सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईले सञ्चालन गरेको नेचर हर्ब्स प्रालिको कार्यालय रहेको प्रहरीले जनाएको छ।

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेकाहरू सँगको बयानमा प्रहरीले सहकारी सम्बन्धी महत्त्वपूर्ण दस्ताबेजहरूको विद्युतीय अभिलेख काठमाडौंमा रहेको भन्ने पाएपछि काठमाडौं प्रहरीलाई उक्त दस्तावेजहरू बरामद गरिदिन  पत्राचार गरेको थियो। बुधबार दिउँसो शंखमुलस्थित जोशीको घरमा छापा मारेर सर्भर बरामद गरिएको हो। कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताउनुभएकाे छ । यसमा बारेमा  िबस्तृत अध्यन भइरहेकाे बताइएकाे छ । 

प्रतिक्रिया