काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गर्याे,तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध

Jhalkonepal

काठमाडौँ , भदा १०

काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले केहीबेर अघि गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाले बागमती-मनहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। 

आज दिउँसो काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा भारी वर्षा भएको छ। 

प्रतिक्रिया