लामिछानेसहित सात जनाको थुनछेक बहस सुरु

Jhalkonepal

काठमाण्डौ , पुस १६ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनाको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ।

मंगलबार रविसहित सात जनाकै बहस सकिएपछि आजैबाट थुनछेक बहस सुरु हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान सकिएको हो।


प्रतिक्रिया