मलामी बोकको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Jhalkonepal

बैतडी , फागुन १०

बैतडीमा मलामी बोकको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ स्थित घारडा भन्ने ठाउँमा कच्ची सडकमा जिप पल्टिँदा डिलाशैनी गाउँपालिका १ धावला बस्ने ५० बर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

सु.प.प्र.०१०००१च ३१४६ नम्बरको जीपमा सवार १३ जना मलामीमध्ये गोपाल बोहराको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जीपमा सवार अन्य सकुशल रहेका प्रहरीले जनाएको छ ।


दुर्घटनामा परेर डिलाशैनी १ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरु सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया