काठमाडौं , असोज १४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक केहिबेर पछि बोलाइएको हो ।
बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।
१३ असोज २०८०, आईतबार १२:२५ मा प्रकाशित