सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

Jhalkonepal

धनगढी, ६ असोज

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१र८२ को बजेट बहुमतले पारित भएको छ । ३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आ भने बजेट बहुमतले पारित भयो । 


प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरे ।

प्रतिक्रिया