सुर्खेत, असोज
३०
राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन्।
बडिमालिका दर्शन तथा बाजुरास्थित
नाट्यश्वरी मन्दिर उद्घाटनको कार्यक्रमका लागि पाैडेल बुधबार सुर्खेत आइपुगेका हुन्।
राष्ट्रपति पौडेललाई
सुर्खेत विमानस्थलमा कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल
कँडेल, नेपाली कांग्रेस उपसभापति एवं
पूर्वमन्त्री पूर्णबहादुर खड्कालगायतले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल
आज राति सेनाको उत्तरपश्चिम हेडक्वार्टरमा बास बस्ने नेपाली सेनाले जनाएको छ।
२९ असोज २०८१, बुधबार ०७:१७ मा प्रकाशित