काठमाडौं , चैत २२
गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा
सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।
राजेश पायल राई सहित तीन जनालाई मदन
भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं
उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
मदिरा सेवन गरी होहल्ला गरेका गएराति काठमाडौं
उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा
लगाइएको छ ।
गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने
प्रहरीको तयारी छ ।
२१ चैत २०८०, बिहिबार ०९:१५ मा प्रकाशित