काठमाडौं, माघ १३
नेपाली कांग्रेसकाे मेची-महाकाली संवाद यात्रा सुरू भएकाे छ । कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा सुरू गरेका छन्।
शनिबार झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा शुभारम्भ गर्नुभएकाे हाे । कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता प्रदीप पौडेल लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्याे । संवाद यात्राले कांग्रेसलाई नवीन र बलियो बनाउने र त्यही नवीन र बलियो कांग्रेसले नवीन नेपाल निर्माण गर्ने बताइएकाे छ ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ। संवाद यात्रा माघ २६ गते सकिनेछ।