काठमाडौं , असार १५
प्रत्येक वर्ष असार १५ गते
मनाइने धान दिवस आज रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ ।
वि.सं २०६१ मंसिर २९ गते
मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको
हो । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ ।
असार १५
लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य
पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । किसान
वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे
भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।
मध्य गर्मीको यो समयमा युवा लाठे र
युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा
एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
योवर्ष असार मध्यसम्म पनि
पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन।
सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको
छ । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात
रहेको जनाएको छ ।