काठमाडाैं , फागुन्स २८
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा भएको वार्ताबाट सहमति जुटेको हाे ।
वार्ताका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि ललामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई छलफलका लागि सिंहदरबारमा बोलाउनुभएकाे थियाे । सिंहदरबारमा पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह र सरकारी वार्ता टोलीका संयोजक सहसचिव रुद्रप्रसाद पण्डितले ४ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । उहाँ आफैंले पीडितहरुको कुरा सुनेपछि सोमबार सहमति भएको हो ।
२७ फाल्गुण २०८०, सोमबार ०९:५७ मा प्रकाशित