कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

Jhalkonepal

काठमाडौं, भदौ २५ 

 कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त हुनुभएको छ । आज प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

आज नै विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधिस दिनेश प्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।  भाद्र २४ गते मुख्य न्यायाधिवक्ता बुद्धि बहादुर कटुवालले राजिनामा दिएपछि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

 

प्रतिक्रिया