नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Jhalkonepal

 काठमाण्डाै, भदाै २

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । 

झाविरूद्ध सरकारी वकिल कार्यालयले मंगलबार ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। 

सोही मुद्दामा पहिलो सुनुवाई गर्दै न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ  ।

गत असार १४ गते बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो। 

प्रतिक्रिया