काठमाडौँ , कात्तिक ३
सभापति रवि लामिछाने पक्राउको विरोधमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) काठमाडौँ र पोखरामा प्रदर्शन
गर्ने भएको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत
रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै
रास्वपाले शनिबार काठमाडौँ र पोखरामा प्रदर्शनको तयारी गरेको हो ।
शनिबार
बिहान ११ बजे पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा र दिउँसो १ बजे
काठमाडौँको माइतीघरमा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यवद्धताका लागि रास्वपाले सबैमा
अपिल गरेको छ । शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ
परेका लामिछानेलाई गएराति नै प्रहरीले पोखरा पुर्याएको छ ।
२ कार्तिक २०८१, शनिवार १०:१९ मा प्रकाशित