काठमाण्डाैं,कार्तिक २२
नेपाली बजारमा आज (बिहीबार)
सुन–चाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला तीन सय रूपैयाँ
बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका
अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार
भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख
६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
ट्रम्पको विजयसँगै सुनको मूल्य घटेको
विश्लेषण गरिएको छ। उनको जीतले अमेरिकामा मूल्य वृद्धि थप बढ्न सक्ने र यसले बण्ड र डलरको भाउ बढाउन सकिने विश्लेषण गरिएको हो।
जसले गर्दा लगानीको लागि सुन कम
आकर्षित हुन सकिने मानिएको छ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला दुई हजार १५
रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा
किनबेच भइरहेको छ।