कांग्रेस नगरसभापति मृत भेटिए

Jhalkonepal

महेन्द्रनगर, माघ १९

कंचनपुरको भिमदत्त नगरपालिकामा नेपाली कांग्रेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन ।  भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ ।

भिमदत्त नगरपालिकामा गत वर्ष पनि नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष महेन्द्र खडका यसरी नै मृत भेटिएका थिए । 

प्रतिक्रिया