काठमाण्डौ, साउन २४
आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा
ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ ।
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको बाँसखर्कमा ७५ दशमलव
८ मिलिमिटर, ढुङ्गेमा
७१,
मिलिमिटर, बोल्डेमा ६७ मिलिमिटर र
तार्केघ्याङमा ६६ मिलिमिटर पानी परेको हाे ।
सिन्धुपाल्चोकको
ढुङ्गे, बोल्डे, मेलम्चीघ्याङ, तार्केघ्याङ र आसपासमा
ठूलो पानी परेकाले मेलम्ची, ईन्द्रावती
र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको
जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह
गरेको छ । गएराति देशका अरु धेरै ठाउँमा पनि पानी परेको छ ।
२३ साउन २०८१, बिहिबार ०६:२८ मा प्रकाशित